साहित्यकार प्रेमा शाहको निधन

६ पौष, २०७४

काठमाडौं  : नेपाली चलचित्रकी अभिनेत्री जल शाहकी आमा साहित्यकार प्रेमा शाहको निधन भएको छ । उनी अमेरिकामा बस्दै आएकी  थिईन ।

साहित्यकार शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित ‘इन्टर माउन्टेन हस्पिटल’मा आज निधन भएको हो ।

उनका कथा संग्रहहरु पहेँलो गुलाब, विषयान्तर, प्रकाशित छन्। ‘मम्मी’ उपन्यास उनको एकल हो भने संयुक्त लेखन रहेको ‘आकाश विभाजित छ’ का लागि पनि उनले कलम चलाइन् । नारी सचेतना र विसंगती विरुद्ध कलम चलाउने शाहका थुपै कथा प्रकाशित भएका छन् ।

शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *