श्रीलंका विरुद्धको पहिलो टि-२०मा भारतको फराकिलो जित

६ पौष, २०७४
काठमाडौँ : श्रीलंका विरुद्धको पहिलो टि–ट्वान्टी खेलमा भारत ९३ रनले विजयी भएको छ । जितसंगै भारतले तीन खेलको श्रृखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

टी ट्वान्टी क्रिकेटको इतिहासमा रनको हिसाबले यो भारतको अहिलेसम्मकै फराकिलो जित हो । यसअघि सन् २०१२ मा कोलम्बोमा भएको खेलमा इंल्याण्डलाई ९० रनले हराएको थियो।

बुधबार राति बरबती स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ८० रन बनायो । उसका लागि केएल राहुलले ६१ तथा महेन्द्रसिंह धोनीले अविजित ३९ रन बनाए ।  यस्तै हार्दिक पाण्डेले अविजित ३२ रन बनाउँदा मनिश पाण्डेले ३२ र श्रेयस नायरले २४ रनको योगदान गरे । श्रीलंकाका एन्जेलो म्याथ्युज, थिसरा परेरा र नुवान प्रदिपले समान एक एक विकेट लिए।

जवाफमा श्रीलंका १६ ओभरमा मात्र ८७ रनमा अलआउट भयो । उसका लागि उपुल थरंगाले २३ रन बनाउदा कुशल परेराले १९ रन बनाए । बाँकि खेलाडी भने एकपछि अर्को गर्दै पेभेलियन फर्किदा श्रीलंका सस्तैमा आउट भयो । श्रीलंकालाई कम स्कोरमा रोक्न युजवेन्द्र चाहलले चार, हार्दिक पाण्डेले तीन तथा कुलदिप यादवले २ विकेट लिए ।

दोस्रो खेल शुक्रबार हुनेछ। यसअघि एक दिवसीय सिरिज भारतले २-१ ले जितेको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *