इपिएल क्रिकेट : ललितपुरद्धारा भैरहवासामु १ सय ४२ रनको लक्ष्य पेश

६ पौष, २०७४
काठमाडौँ : एभेरेष्ट प्रिमियर लिग इपिएलको आजको पहिलो खेलमा ललितपुर पेट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४१ रन बनायो । खराब सुरुवात गरेको ललितपुरले एक रन हुँदा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ३९ रन हुँदा ललितपुरको तीन विकेट झर्यो । त्यसपछि ललितपुरका लागि भारतीय खेलाडी योगेश नागारले ५४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ४२ रनको योगदान गरे र टोलिलाई सम्हालेका थिए ।

बलिङ तर्फ दिपेश श्रेष्ठले तीन तथा आरिफ शेख र पुनित मिश्रले दुई दुई विकेट लिए । १ सय ४२ रनको लक्षसहित भैरहवाले अहिले ब्याटिङ गरिरहेको छ ।

यसअघि ललितपुरले दुई खेलमा एक हार र एक जित निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *