एकल गजल गायनमा उत्रिदैँ मनोज राज

काठमाण्डौं, २९ कार्तिक, चर्चित गायक तथा संगीतकार मनोज राज महफिलमा उत्रिने भएका छन् । लाइभ गजल गायनमा अब्बल मानिएका मनोज राजको जन्मदिनको अवसर पारेर आउँदो मंसिर ५ गते एकल गजल गायन कार्यक्रम गर्न लागेको आयोजक मूर्छना संगीत एकेडेमीले बताएको छ ।

लाइभ गजल सुन्ने परम्पराको थालनी गर्न र गजललाई उचाईमा दिन आफु लागि परेको गायक मनोज राजले इआवाजलाई बताए । उनले भने–‘धेरै आधुनिक गीतहरु गाए पनि आफुलाई लाइभ गजल गाउन मन पर्ने भएकाले यो कार्यक्रमको हुन लागेको हो ।’ आँसु बगाएर, म पिउँदै लडेको छु लगायतका नेपाली गजलहरु रेकर्ड भैसकेको छन् ।

भारत, पाकिस्तान जस्तै नेपालमा पनि गजल गायनलाई टिकटमा सुन्ने परम्पराको थालनी गर्नु परेको र कार्यक्रम सोचेभन्दा राम्रो हुने आयोजकको दाबी रहेको छ । टिकटको मूल्य रु. १०० र रु. ५०० राखिएको आयोजकले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *