‘निर्वाचित शक्तिलाई सरकारमा जान रोक्नेलाई छोड्दैनौं’ : नारायणकाजी श्रेष्ठ

५ पौष, २०७४
काठमाडौं : नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार निर्माणमा अवरोध गर्नेलाई नछाड्ने चेतावनी दिएका छन् ।

उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई बधार्इ दिन आयोजित कार्यक्रममा श्रेष्ठले जनमत अनुसार छिट्टै सरकार बन्ने बताए । राष्ट्रियसभा गठन विवादका कारण सरकार गठनमा भएको विलम्बतर्फ संकेत गर्दै उनले कुनै राजनीतिक सम्झौता गर्नु परे नयाँ सरकारले नै गर्ने बताए ।

कांग्रेसलले विगतमा जस्तै कम्युनिष्टहरुलाई लडाएर खाने लोकतन्त्र खोजेको हो भने सम्भव नभएको भन्दै उनले भने, ‘निर्वाचित शक्तिलाई सरकारमा जान रोक्न खोज्नेलाई छोड्दैनौं ।’

उनले पार्टी एकताबाट भाग्ने छुट कसैलाई पनि नभएको बताए । अब एमाले र माओवादीको संयुक्त ब्यानरमा नभई एकीकृत कम्युनिष्ट पार्टीको ब्यानरमा कार्यक्रम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *