रेसुङ्गा अस्पताल र मृतक परिवारबिच १० लाख क्षतिपूर्ति दिने सहमति, परिवारले शव बुझे

५ पौष, २०७४
गुल्मी : गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक जनाको मृत्यु भएपछि अस्पतालले पीडीत परिवारलाई १० लाख क्षतिपूर्ति दिने भएको छ ।

दाँतको उपचारको क्रममा मृत्यु भएका मालिका गाउँपालिका-६, अर्जेका ५६ वर्षीय शवलाल अर्यालको परिवारले क्षतीपूर्ति बापत १० लाख पाउने भएको हो । अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो । डाक्टरको लापरवाहीले सामान्य अवस्थाका मान्छेको मृत्यु भएको भन्दै आफन्तले मृतकको शव उठाएका थिएनन् ।

मृतका आफन्त र अस्पताल प्रशासनसहित जिल्ला प्रहरी कार्यालय गुल्मीमा बसेको छलफलले मृतकका परिवारलाई क्षतीपूर्ति बापत १० लाखसहित परिवारलाई आजीवन स्वास्थ्य उपचारको व्यवस्था मिलाउने गरी सहमती भएको मालिका गाउँपालिका-६ का अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

परिवार र अस्पताल प्रशासनको सहमतिपछि परिवारले शव बुझेका छन् । बावुको मृत्यु भएपछि उनका २१ वर्षीय छोरा बेहोस छन् । मृतका अर्याललको परिवारमा श्रीमती, ४ छोरी र १ छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *