काठमाडौंको टोखामा दिनदहाडै गोली चल्यो, एक महिला घाइते

५ पौष, २०७४
काठमाडौं : काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल छिन् । नेपाल प्रहरीका एसपी रामदत्त जोशीले दिएको जानकारी अनुसार उनी घाँस काट्न गएको बेला गोली लागेको थियो ।

स्थानीय युवकहरुले शिकार गर्ने क्रममा गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार दुलालको कुममा गोली लागेको छ । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरूले उनी अहिले खतरामुक्त रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *