ग्यास उद्योग आगलागीको छानबिन गर्न समिति गठन

५ पौष, २०७४
काठमाडौं : वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागी सम्बन्धी छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएको छ ।

एलपी ग्यास उद्योग संघले छानबिन समिति गठन गरेको हो । समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन रहेका छन् । छानविन समितिलाई पाँच दिनको म्याद दिइएको छ ।

१० करोड भन्दा बढी लगानीमा सुरु भएको उद्योगमा ग्यास बुलेटबाट आगजनी सुरु भएको अनुमान गरिएको छ । ४८ वर्षपछि ग्यास उद्योगमा ठूलो आगलागी भएको यो पहिलो घटना हो ।

आगलागीमा एक दमकलसहित दुई जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण भने आइसकेको छैन । उद्योगमा बिहान ६ बजेतिर आगलागी सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *