‘इएल क्लासिको विश्वमै सबैभन्दा फरक र महत्वपूर्ण खेल हो’ : रामोस

५ पौष, २०७४

काठमाडौं : डिफेण्डर एवं कप्तानलाई थाहा छ कि बार्सिलोनासँग शनिबार हार्दा के नजिता हुन्छ ? त्यसैले सर्जिओ रामोस आइतबार सिजनको पहिलो इएल क्लासिकोमा रियल मड्रिडको जितका लागि जोड दिइरहेका छन् । मड्रिडले शनिबार ला लिगा लिडर बार्सिलोनालाई घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा स्वागत गर्नेछ ।

र, यदि बार्सिलोनाले जितेमा ला लिगा र च्याम्पियन्स लिगको विजेता ११ अंकले पछि पर्नेछ । ‘यो एक महान खेल हुनेछ’ रामोसले भनेका छन्, ‘क्लासिकोलाई बयान गर्ने शब्द नै छैन ।’ ‘यो पूर्णरुपमा फरक र विश्वमै सबैभन्दा महत्वपूर्ण खेल हो ।’ ला लिगाको उपाधि सम्भावना कायमै राख्न रियल मड्रिडलाई यो खेल जित्नै पर्ने उनले बताए ।

बार्सिलोनासँग खेल्नु अघि रियल मड्रिडले क्लब वल्र्डकपको उपाधि जितेको छ । रामोस भन्छन्, ‘हामी खेल्न आतुर छौं र एक साता कडा मेहनत पनि गरेका छौं । आश गरौं कि हामीले तीन अंक पाउने छौं, जसले हामीलाई उनीहरु नजिक लैजानेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *