४ हजार हतियार भएका खतरनाक मानिस

अमेरिका, २९ कार्तिक, अमेरिकन नागरिक Mel bernstein लाई संसारमै धेरै हतियार राख्ने मानीसको रुपमा चिनिन्छ । उनीसँग ४ हजार भन्दा धेरै हतियारको भण्डार रहेको छ । जसका कारण उनी वन म्यान आर्मीको नामले पनि चिनिन्छन् ।
बर्नस्टेन अमेरिकाको चर्चित ड्रागन हतियार पसलका मालिक हुन् । उनको हतियार भण्डारमा एकसेएक आधुनिक बन्दुक, मेसिन गन, पेस्तोल लगायतका हतियार छन् । हतियार भण्डारसँगै उनीसँग ६ वटा शूटिङ रेन्ज, पेन्टबल पार्क तथा मोटरक्रस पार्क पनि छन् । एक रिपोर्ट अनुसार अमेरिकाको ३ प्रतिशत मानिसहरुसँग मात्रै २६ करोड भन्दा धेरैगोटा बन्दुक छन् । अर्थात् औषतमा हरेक व्यक्तिसँग १७ वटा भन्दा धेरै बन्दुक रहेका छन् । हालै एक न्यूज एजेन्सीलाई लिएको अन्तरवार्तामा उनले लस भेगास हमला पश्चात आफ्नो पसलबाट निकै ठूलो संख्यामा हतियार बिक्रि भएको खुलासा गरेका छन् ।
एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *