रोमाञ्चक खेलमा म्यानचेष्टर सिटी विजयी

५ पौष, २०७४
काठमाडौं : ईएफएल कपअन्तर्गतको खेलमा म्यानचेष्टर सिटी विजयी भएको छ । निकै रोमाञ्चक खेलमा सिटीले लिसेस्टर सिटीलाई ट्राईबेकरमा पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
टाइब्रेकरमा म्यानचेष्टर सिटीका गोलकिपर क्लाउडिओ ब्राभोले रियाज महरेजको पेनाल्टी रोकेका थिए भने जेमी भर्डीको प्रहार पोष्टमा लागेको थियो । लिसेस्टरको घरेलु मैदानमा भएको खेलमा सिटीले २६औं मिनेटमा नै अग्रता लिएको थियो । तर, अन्तिम मिनेटमा पाएको पेनाल्टीमा भर्डीले गोल गरे ।

अतिरिक्त समयमा पनि दुबै टोलीबाट गोल हुन सकेन र खेलको निर्णय टाइब्रेकरबाट लिइयो । जसमा सिटीका किपर ब्राभो हिरो बने । खेलपछि म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टाइब्रेकरमा लिसेस्टरलाई हराउँदै ईएफएल कपको सेमिफाइनलमा पुगेकोमा खुसी व्यक्त गरे ।

सिटीले यो पटक प्रिमियर लिग मात्र होइन, च्याम्पियन्स लिग, एफए कप र ईएफएल कप जित्ने लक्ष्य राखेको छ । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टिम च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *