म रंगमंच र मोडलिङका लागि फिट छु–दीपिका

४ पुस, २०७४
काठमाण्डौः चाहे त्यो सानो पर्दा होस् या ठूलो पर्दा, अक्सर क्यामेरामा कैद हुन या टेलिभिजनमा देखिन सबैलाई रहर हुन्छ ।
पछिल्लो समय धेरै मानिसहरुको रुचि मोडलिङमा रहेको छ । धेरैले व्यवसायिक रुपमा यसलाई अंगालेका पनि छन् । कति सफल भएका छन् भने कति फेरी यो क्षेत्रमा नर्फकिने गरि निराश भएका छन् ।

रंगमंचमा देखिन र टेलिभिजनमा आउने रहरले पछ्याएरै दीपिका ढकाल दाङबाट काठमाण्डौं छिरेकी हुन् । आजभन्दा ४ वर्षअघि राजधानी छिर्दा उनका लागि सबै कुरा नौलो थियो । रातदिनको खटन, मोडलिङ गर्ने चाहनाले अहिले सफल हुँदै आएकी छिन् ।

चर्चा सबैको हुन्छ, तर कति समयसम्म चर्चाको शिखरमा आफुलाई उभ्याउने त्यो श्रेय आफैलाई हुने उनी बताउँछिन् ।
दाङ निवासी उनी पछिल्लो समय रंगमंचमा निकै व्यस्त रहेकी छिन् । उनी ३० भन्दा बढि म्यूजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छिन् ।

सबैको सबै म्यूजिक भिडियो सफल हुन्छ नै भन्ने छैन । कुनै आफुले नसोचेको भिडियो धेरै नै चल्ने र कुनै आफुले सोचेको भिडियोले बजार नलिने उनी बताउँछिन् । कलाकारले कति हदसम्म आफुले मेहनत गर्ने भन्ने कुरा आफुमा भर पर्ने उनको तर्क रहेको छ । सबै भिडियो ग्यामरले तरिकाले चर्चामा आउँछ भन्ने छैन् । रंगमंच होस् या मोडलिङ, मैले न्याय दिएर प्रस्तुत हुने हो, चल्ने नचल्ने बेग्लै कुरा भएको उनको भनाइ रहेको छ ।

अहिले म्यूजिक भिडियोमा रम्नु र रंगमंचमा जम्नु उनको पर्याय जस्तै बनिसकेको छ । यो क्षेत्रमा आउन संघर्ष गर्नु पर्छ तर आफु सकिनु हुँदैन । आफुले आफैलाई बन्धकी राख्नु नहुने उनको आशय रहेको छ ।

पछिल्लो समय उनी अलि बढि रंगमंचमा उभिएकी छिन् । हालसम्म उनले नयनराज पाण्डेद्वारा लिखित ‘लु’ उपन्यास, खगेन्द्र लामिछानेको निर्देशन रहेको ‘दाँतको डोब’, निराजन शर्माको ‘आधा आकाश’ लगायत नाटकमा अभिनय गरिसकेकी छिन् ।

त्यस्तै उनले मोडलिङ गरेको अन्जु पन्तको ‘खुशी दिएर जाँदैछु’, राकेश रसाईलीको ‘लै बरि लै’ एकदमै चर्चामा रहेका छन् । त्यस्तै कवि असिम सागरको ‘पसिनाको जुलुस’, भारतीय विज्ञापन ‘रेड रोयल चाय’ लगायतमा पनि अभिनय गरिसकेकी छिन् ।

यसै हप्ता बेलायती उपन्यासकार इयान म्याक्वेनद्वारा लिखित ‘अटोन्मेन्ट’ उपन्यासको मंचन हुँदैछ । त्यस नाटकमा आफ्नो अभिनय रहने उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *