‘प्रदेश ५ को राजधानीका लागि २ सय बिगाह जग्गा दिन तयार’ : खड्का
संगिन शर्मा
४ पौष, २०७४
कोहलपुर : कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले प्रादेशिक राजधानीका लागि २ सय बिगाह जग्गा उपलब्ध गराउन तयार रहेको बताएका छन् । देश संघिय संरचनामा गएलगत्तै ७ वटै प्रदेशको प्रादेशिक राजधानीको खोजि भईरहेको सन्दर्भमा खड्काले प्रादेशिक राजधानिका लागि कोहलपुर उपयुक्त स्थान रहेको बताएका हुन् ।
५ नम्बर प्रदेशको केन्द्रमा रहेकाले राजधानीका लागि कोहलपुरको विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष खड्काले राजधानी स्थापनाको लागि आवश्यक जमिन उपलब्ध गराउन आफु आतुर रहेको बताए ।
साथै उनले राजधानीका लागि आवश्यक पुर्वाधार निर्माणका लागि कोहलपुर नगरविकास समिति सक्षम रहेको भन्दै सम्बन्धित पक्षलाई दवाव दिन सबैलाई आग्रह समेत गरेका छन् ।
आगामि १ वर्षभित्र सबै भौतिक संरचना निर्माण गरि सेवा प्रवाह गर्ने वातावरण सृजना गराउन नगर विकास समिति तत्पर रहेको खड्काले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।