गजल – ऐनासँग यो दुनियाँ अन्जान भैसकेछ -कमल संघर्ष

ऐनासँग यो दुनियाँ अन्जान भैसकेछ
हेर्दा हेर्दै जमिन, आसमान भैसकेछ

बेलुन पनि छैनन् खेलौना पनि छैनन्
त्यो पसल म जस्तै जवान भैसकेछ

गुड्दा गुड्दा जिन्दगीको गति सकियो
भिर पनि रहेन भिर, मैदान भैसकेछ

न हावा बिना बल्छ न हावामा रहन्छ
जिन्दगी सोचेर दियो हैरान भैसकेछ

मजबुरीले कमल सडकमै फुल्न थाल्यो
बस्तीमा यहि हल्ला तुफान भैसकेछ
कमल संघर्ष 

Leave a Reply

Your email address will not be published. Required fields are marked *