भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

४ पौष, २०७४
झापा : झापाको मेचीनगर नगरपालिका–६ स्थित नेपाल–भारतको सिमानामा रहेको मेचीपुलमा सोमबार भारतीय ट्रककको ठक्करबाट एक मोटरसाइकल चालककको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा मे२प १७८१ नम्बरको मोटरसाइकलमा सवार जिल्ला झापा अर्जुनधारा नगरपालिका–१ बस्ने १९ वर्षीय मनोज भुजेल रहेका छन् । भुजेल सवार उक्त मोटरसाइकललाई एन एल ०५ डी ४०१३ नम्बरको भारतीय ट्रकले दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *