अमेरिकामा गोली चल्दा, ४ को मृत्यु

क्यालिफोर्निया, २९ कात्तिक, अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारीले गोली चलाउदा चार जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । अभिभावकहरुले आफ्ना बालबच्चा विद्यालय लैजाँदै गरेको बेला एक बन्दुकधारीले आक्रमण गरेका थिए । आक्रमणमा बालबालिकाहरु भने मरेका छैनन् । वाशिङटन पोष्टका अनुसार गोली चलाउने बन्दुकधारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् । विद्यालयलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । यसअघि अमेरिकाको टेक्सासस्थित एक चर्चमा पनि गोली चल्दा २५ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *