नाली निर्माणमा गुणस्तरीयता कायम गर्न स्थानियको माग

-संगिन शर्मा

३ पौष, २०७४
कोहलपुर : नाली निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग गरेको भन्दै स्थानियले विरोध जनाएका छन् । नगर विकास समिति कोहलपुरले निर्माण गरिरहेको नालीमा ठेकेदार कम्पनिले कम गुण्स्तरका सामाग्रि प्रयोग गरेको भन्दै कोहलपुर ११ गोलपार्क बासीले विरोध जनाएका हुन ।

करिव १ सय १८ मिटर दुरिमा बाटोको दुबै तिर नाली निर्माणमा खचाना इट्टा निर्माण कम्पनीले प्रयोग गरेको स्थानियको आरोप छ । स्टीमेट भन्दा फरक र टेडोमेडो तरिकाले नाली बनाएको र निर्माण भएको नालीमा पानी समेत नहाल्दा नाली कमजोर भएको स्थानिय सरस्वती विष्टको आरोप छ ।

ठेक्केदार कम्पनीले कम गुणस्तरको सामाग्रि प्रयोग गरिरहेको नगर विकास समितिलाई जानकारी गराउँदा समेत वेवास्ता गरिएको विष्टको भनाई छ । बालुवा र सिमेन्टको अनुपात एक चार हुनु पर्नेमा एक छ प्रयोग गरेको कामदारहरुले स्वीकार गरेका छन् । नाली निर्माणको ठेक्का पाएको इन्द्रदेवि निर्माण सेवाले तेस्रो पक्षलाई पेटिमा ठेक्का दिएको छ ।

पेटि ठेक्केदारले निर्माण गरिरहेको १ सय १८ मिटर बाटोको दुइ तर्फी नाली निर्माणमा कम गुणस्तरको सामाग्री हालेको खबर गर्दा समेत नगर विकासका प्राविधिक नआएको स्थानियको गुनासो छ । नगर विकास समितिबाट स्थानियको दवाबपछि नाली निर्माण स्थलमा आएका प्राविधिक धर्मेन्द्र यादवले ठेकेदार कम्पनिले गल्ती गरेको स्वीकार गर्दै स्टिमेट अनुसार काम नभएको प्रतिक्रिया दिए ।

 

उता निर्माणको ठेक्का पाएको इन्द्रदेवि निर्माण सेवाका कर्ण खड्काले भने, “मैले पनि पेटिमा अर्कैलाई दिएको छु, के भएको रैछ बुझ्छु ।”

नालि निर्माणको कामको सुरुसँगै खानेपानीको च्याम्वर समेत भत्किएकाले स्थानियहरु खानेपानी प्रयोग गर्नबाट वञ्चित भएका छन् । नालीको बीचमा पर्ने खानेपानीको च्याम्वर र पाइपहरु समेत हटाएपछि करिव २ महिनादेखि खानेपानीबाट वञ्चित भएको र मागको सुनुवाई नभएको स्थानिय विष्टले बताइन् ।

 

नगर विकास समिति र कोहलपुर खानेपानी तथा सर–सफाई उपभोक्ता संस्था बीच समन्वय नहुँदा करिव चौध घर परिवार खानेपानी प्रयोग गर्नबाट वञ्चित भएको स्थानिएको भनाइ छ । नाली निर्माण गर्दा नगर विकास समिति र ठेक्केदार कम्पनिका प्राविधिकहरु हुनु पर्नेमा एक पक्षिय प्राविधिकमात्र खटिएकाले यस्तो समस्या आएको हो ।

नाली निर्माणको काममा गुणस्तर कायम नभए निर्माण सम्पन्न भएको बाटोको दुबै तर्फको नाली भत्काइदिने स्थानियहरुले चेतावनी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *