गुजरातमा फेरि भाजपाकै सरकार बन्ने

३ पौष, २०७४
गुजरात : भारतको गुजरात राज्यमा फेरि भारतीय जनता पार्टी (भाजपा) कै सरकार बन्ने भएको छ । डिसेम्बर ९ र १४ मा गरी दुई चरणमा सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजामा भाजपाले कांग्रेस आईलाई पछि छोडेको छ ।

गुजरातको परिणाम प्रधानमन्त्री एवं भाजपा नेता नरेन्द्र मोदी र भर्खरैमात्र कांग्रेसको विरासत थामेका अध्यक्ष राहुल गान्धी दुबैका लागि निकै महत्वपूर्ण मानिएको थियो । २२ वर्षदेखि लगातार सत्तामा रहेको भाजपालाई सडकमा ल्याउन राहुलले यसपटक निकै जोड लगाएपनि परिणाम मोदीकै खातामा पर्ने देखिएको छ ।

प्रारम्भिक परिणामले भाजपालाई सरकार गठन गर्न आवश्यक बहुमत मिल्ने देखिएको छ । १ सय ८२ सिट रहेको गुजराती संसदमा भाजपाले एक सयभन्दा बढी तथा कांग्रेसले ७५ भन्दा बढी सिट ल्याउन सक्ने अनुमान गरिएको छ ।

यता, हिमान्चलमा गरिएको निर्वाचनको पनि मतगणना जारी छ । त्यहाँ पनि भाजपा कै बहुमत पुग्ने देखिएको छ । ६८ सिट रहेको विधानसभामा भाजपाले ४३ र कांग्रेसले २१ सिट ल्याउने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *