नेपाली गीत गाउदा आनन्द लाग्छ : भुटानी गायक पोखरेल

बिधुत्मा रैका
कोहलपुर, चैत्र १२,

आशिष पोखरेल भुटानी नागरिक हुन् ।

आशिष अहिले २३ वर्षका भए । आशिष भुटानी ठिटो, जसको मातृभाषा भुटानी हो तर उनी नेपाली बोल्ने मात्रै होईन नेपाली आधुनिक गीत सजिलै गाउँछन् । वर्तमान अवस्थामा धेरै नेपालीहरुमा विदेशी कला, संगीत, संस्कृतिले निकै प्रभाव पारेको छ । तर आशिष भने नेपाली संगीततर्फ आकर्षित छन् । नेपाली गीत संगीतमा मन बसेको र आफुलाई नेपाली गीत मन पर्ने आशिषले बताए । उनी भन्छन्,–‘म त नेपाली गीत पुरै गाउँछु । सानै देखि नेपाली गीत गुनगुनाउन थालेको हुँ । पछिल्ला दिनहरुमा पनि गाईरहने छु ।’

आशिष नेपाली मुलका भुटानी नागरिक हुन् । आशिषले अहिले मम्म ‘मेरो जिन्दगी, ओईलिएको फूल, तिम्रो माया’ लगाएत करिब २० वटा नेपाली आधुनिक गीत गाईसकेका छन् । उनलाई भुटानी पहिलो लोक दोहोरी गायक भनेर पनि चिन्न सकिन्छ । उनी भन्छन्,–‘ भुटानमा लोक दोहोरी गीत सबै भन्दा पहिले मैले गाएको हुँ । मेरो भन्दा अगाडी कसैले गाएका थिएनन् । सबैले आधुनिक तथा अन्य गीत गाउने गथ्र्ये ।’

भुटानको दागाना जिल्लामा १९८८ सालमा जन्मिएका गायक पोखरेल नेपाली गीत गाउन सन् २००० साल बाट सुरु गरेका हुन् । बच्चैदेखि कला क्षेत्रमा निकै चासो राख्ने आशिषले नेपाली गीत गाउँन निकै खुशी लाग्ने बताए । उनले भने,–‘जब म नेपाली गीत गाउँछु, मलाई आनन्द लाग्छ । मलाई नेपाली गीतमा जति आनन्द अरु कुनै गीत मिल्दैन । नेपाली गीत संगीत मेरो नशा नशामा बसेको छ ।’

आशिषले नेपाली गीतसंगै भुटानि जोङ्ख, हिन्दी, अंग्रेजी भाषाका गीत पनि गाएका छन । नेपाली गीत उनी भुटानीमै रेकर्ड गर्छन् । उनले गाएका नेपाली गीतहरु भुटानमा मात्र होइन, नेपालमा पनि चर्चित रहेका छन । प्राय उनका नेपाली गीतहरु नेपाली मुलका भुटानीहरुले धेरै सुन्ने गरेका छन् । उनले भने,–‘भुटानमा जति पनि नेपाली भाषी छन्, जति पनि हिन्दु धर्मावलम्बि छन, ति सबैले मेरा नेपाली गीत सुन्छन् । मेरा गीतहरुलाई उनीहरुले माया पनि गर्छन् । त्यसैले मलाई यसले अझ हौसला मिल्छ ।’

कला र संगीतको कुनै भाषा हुँदैन भने जस्तै बनाएका छन् आशिषले । संगीत, कला जस्ता विषयको भाषा होइन भाव महत्वपूर्ण हुन्छ भन्ने कुरालाई सही साबित गर्दै छन् , नेपाली भाषाको गीत गाउने गरेका पोखरेल । भुटानमा रहेर नेपाली गीत गाएर नेपाली गीत संगीतको सम्मान गर्ने आशिषलाई सम्मान गर्नु पर्छ । नेपाली गीत निरन्तर गाउने आशिषको उद्देश्यले सफलता पावस ।

  • 262
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *