आगलागीबाट करोडौंको क्षति

काठमाण्डौं, २९ कार्तिक, ललितपुरको पाटन औद्योगिक पाटन औद्योगिक क्षेत्रको आनन्द प्लास्टिक उद्योगमा मंगलबार साँझ आगलागी भएको छ ।

मंगलबार बेलुकी साँझ ६ः३० बजेबाट आगलागी सुरु भएको हो । आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुगेको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि करौडौँको धनमालमा क्षति पुगेको र राती १० बजे नै आगलागि नियन्त्रण भएको प्रहरीले बताएको छ ।

आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका दमकल र सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल पनि प्रयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *