‘बाहुबली’ भन्दा सुपरस्टार फिल्म बनाउने निर्देशन राजामौलीको दावी

कोहलपुर, फागुन २६,

भारतीय चलचित्र निर्देशक एसएस राजामौलीले बनाएको फिल्म ‘बाहुबली’का सुपरहिट फिल्म बन्यो ।

दर्शकहरुले बाहुबली एकदमै मन पराए । उनले फेरी अर्काे फिल्म बनाउने भएका छन् । आफ्नो अर्काे फिल्म ‘आरआरआर’को बारेमा खुलासा पनि गरिसकेका छन् । तर फिल्म आरआरआर बनाउन अझै एक वर्ष जति लाग्ने उनले बताए ।

निर्देशक राजामौलीले बाहुबली भन्दा पनि उत्कृष्ट कथामा आरआरआर फिल्म बन्ने दावी गरेका छन् । यस फिल्ममा तेलगु फिल्म उद्योगका सुपरस्टार रामचरण र जुनियर एनटीआर एकसाथ देखिनेछन् ।

यस फिल्मलाई उनले सन् २०२०मा रिलिज गर्ने तयारी गरेका छन् । फिल्मको बजेट करिब ३ सय करोड हुने बताइएको छ र ६ भाषामा रिलिज गरिने बताइएको छ ।

  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *