नेपाली फिल्ममा महानायक राजेश हमाल कुन भुमिका निर्वाह गर्लान्

कोहलपुर, फागुन, २५,

राजेश हमाल नेपाली चलचित्र क्षेत्रका महानायक हुन् ।

राजेश हमाललाई नेपाली चलचित्र प्रेमीले औधी रुचाएका महानायक हुन् । पछिल्लो समयमा राजेश हमाल चलचित्र क्षेत्रको पर्दामा कम देखिन थालेका छन् । उमेरका कारण हमाल फिल्मि क्षेत्रमा कम देखिएका हुन् भन्ने हामी सहजै अनुमान लगाउन सक्छौ । तर अहिले भने नायक राजेश हमाललाई चलचित्र ‘प्रेमगीत ३’का लागि अफर आएको छ ।

यसरी फिल्म खेल्ने अफर आउदा उनी के को भुमिकामा देखिएलान् त ? नायक हमाललाई यो चलचित्रमा नायक प्रदिप खड्काको पिताको भूमिकामा देखिने भएका छन् ।

भरखरै चलचित्रका निर्माता सन्तोष सेन, निर्देशक छेतन गुरुङ र नायक प्रदिप खड्कासँग नायक हमालले भेट गरे र त्यही मौकामा चलचित्र निर्माताले चौका हाने हामाललाई चलचित्रमा पिताको भूमिका निर्वाह गर्न अफर गरे । हमाल सकारात्मक त देखिए तर संझौता भने भैसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *