एसिसी यु–१६ पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई (फोटोफिचर)

२ पौष, २०७४
काठमाडौँ : एसिसी यु–१६ पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आज भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै डिफेन्डिङ च्याम्पियन नेपालले उपाधि रक्षा गरेको हो । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउँदै एक सय ८३ रन बनायो ।

जारी प्रतियोगितामा अहिलेसम्म कै कमजोर सुरुवात गरेको नेपालले तीन रन हुँदा पहिलो विकेट गुमायो । ओपनर कुशल मल्ल खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि २१ रन हुँदा राजन मगर पनि पेभेलियन फर्किएपछि नेपाल दबाबमा गरेको थियो । तेस्रो नम्बरमा ब्याटिङमा आएका सुवास ऐयरले विशालविक्रम केसीसंग राम्रो साझेदारी गर्न खोजेपनि सफल हुन सकेनन् । उनी २२ रनमा आउट भएपछि नेपालले ४० रनमा तेस्रो विकेट गुमायो ।

नेपालले स्कोरबोर्डमा थप २२ रन जोड्दा चौथो विकेट गुमायो । नेपालका त्रिथराज दाश व्यक्तिगत १९ रनमा आउट भए । पाँचौ विकेटका लागि विशाल केसी र सुनिल भण्डारीले ४२ रनको सुदृढ साझेदारी गर्दै नेपालको पारी सम्हाले । पेभेलियन फर्कनु अघि सुनिलले १५ रन बनाए । छैटौँ विकेटका लागि कप्तान विशालले नारायण जोशीसंग ४८ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुराए । विशालले आउट हुनु अघि ६३ रन को महत्वपूर्ण पारी खेल्दा अन्तिमसम्मै मैदानमा रहेका नारायणले ४६ रन बनाए ।

जवाफमा सिंगापुर ३१ ओभर ५ बलमा एक सय १२ रनमा अलआउट भयो । ४४ रन हुँदा दुई विकेट गुमाएको सिंगापुरको मिडिलअडरलाई नेपाली बलरले खासै चल्न दिएनन् । जसका कारण उसले ८१ रन हुदा पाँच विकेट गुमायो । त्यसपछि झन् दबावमा परेको सिंगापुर सस्तैमा आउट भयो । उसका लागि राउल शर्माले १५, सेइ हर्ष भेनुगोपालले ३१ र अर्नव वाडाले २१ रन बनाउँदा पुछारका खेलाडीले व्यक्तिगत दोहोरो अंकसमेत जोड्न सकेनन् । सिंगापुरलाई कम स्कोरमा रोक्न अजय कुमार लुनिया र शुर्य तामाङले तीन तीन विकेट लिए ।

योसँगै नेपालले लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *