जिन्दगीको डायरी तिमी बिना कोरो नै रहने छ

बिधुत्मा रैका,
समिप मेरो प्रियतम अन्तर ह्रदय देखि अनि तिम्रा सु–कोमल अधर बाट जन्मने मुस्कानका छटाहरुलाई लाखौ लाख मायाका स्पर्शहरु अनि मनको सुंदर फांट बाट उथल पुथल हुदै निस्कने माया दिर्घायुको कामना साथै महाशिवरात्रीको मुटु भरिको शुभ कामना ।।

आज मैले फेरी धेरै पछि मेरो डायरी हेरेको थे डायरी भन्ने बित्तिकै कागजी पाना सम्झियौला तर होईन मैले हेरेको त जिन्दगीको डायरी हो जिन्दगीको, डायरीको पानामा कता कता अतित अल्झिएको रहेछ । त्यो अतित मिठो स्मरणिय क्षण बनेर बसेको रहेछ बल्झीयो बिगतमा तिमीले कुनै एक यस्तै महाशिवरात्री पर्वमा भनेका थियौ सर्गम मेरो जिन्दगीको डायरी तिमी बिना कोरो नै रहने छ ।

म कामना गर्छु पार्वती शिवलाई पाउन पार्वतीले जसरी घोर तपस्या गरेकीछन त्यसै गरी तिमी आफ्नो शिवलाई पाउन वर्त बसेकी छौ मनै तिम्रो शिव हो के काथी विसुवास छैन किन यो व्रत नै बस्नु परेको छ । एक पल पनि बाच्न सक्दिन । यो जुनि त के सयौ जुनिसम्म तिम्रै भएर जिउनेछु । हरेक सुख द ःुखमा म तिमीलाई साथ दिनेछु तिमी बाहेक अरुलाई त कल्पना सम्म नि गदिर्न म माया गर्छु त मात्र तिमीलाई ।

मेरो बिश्वास गर म तिमालाई जिन्दगीमा कहिले धोका दिने छैन मेरो आमाको कसम । मैले हर सपनाहरु देखेको छु मात्र तिमी संग । तिमीले भनेका यि शब्दहरु सम्झिदा अनि मेरो अंगालोमा पल्टिएकोे देख्दा मेरो आखाँहरु आँशुले भरिएर आउँछ, मुटु फुट्ला जस्तो हुन्छ, शरीरमा कुनै काम गर्ने जोशजागर नै छैन, मरेको लाससरी भएकी छु कोमल भावनाहरुसंग खेलवाड गरे जस्तै हुन्छ ।।

प्रसङग त्यही पुरानो हो प्रशङ्ग पुरानो भएनी माया गर्ने मन मुटु मान्छे पुरानो भएको छैननी त लाटा । पुजा सकाएर भर्खर भर्खर घर जान थालेका बेला । मेरोमनमा एक प्रकारको खुशि र उमंग छाएको थियो । म एकदमै उत्साहित पनि थिए । त्यतिकै मनमा चैत मासको आधि बेहरी चले सरह त्यसैको बेगले आत्तिदै मात्तिदै बेस्सरी उत्ताउला बनेका धुलो माटो काम नलाग्ने भन्दै ……..

  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *