२ खेलाडीले रातो कार्ड पाएको खेलमा पिएसजीको जित

पौष २, २०७४
पेरिस :  फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रेनेसलाई ४–१ गोलले पराजित गरेको छ। शनिबार राति भएको खेलमा पिएसजीको जितमा स्टार खेलाडी नेइमारले चौथों र ७६औँ मिनेटमा गरी २ गोल गरे।

युवा खेलाडी केलियन एमबाप्पेले १७ओँ मिनेटमा पिएसजीका लागि दोस्रो गोल गरेका थिए। इडिन्सन काभानीले ७५औँ मिनेटमा अर्को गोल गरेपछि पिएसजी जिततर्फ लम्केको थियो।
रेनेसका लागि एक मात्र सान्त्वना गाल मुबेलेले ५३औँ मिनेटमा गरेका थिए।

खेलमा दुवै टिमका १–१ खेलाडीले रातो कार्ड पाएका थिए। रेनेसका बेन्जामिन आन्द्रेले ६३ तथा किम्पेबेले ८९औँ मिनेटमा रातो कार्ड पाए। आन्द्रेलाई दोस्रो पहेँलो कार्ड देखाइँदा किम्पेम्बेले डिबक्स भित्र गम्भिर फल गरेका थिए।

लिगमा पिएसजी १८ खेलबाट ४७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको मोनाकोको ३८ तथा तेस्रो स्थानको लियोन र चौथो स्थानको मार्सेलीको समान ३५–३५ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *