क्लव विश्वकपको उपाधि रियललाई, बार्सिलोनाको रेकर्डसँग बराबरी

पौष २, २०७४
अबुधावी : स्पेनिस महारथी क्लव रियल म्याड्रिडले लगातार दोस्रोपटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। शनिबार युएईको अबुधावीमा भएको फाइनलमा ब्राजिलियन क्लव ग्रेमिओलाई १–० गोलले पराजित गरेर रियल च्याम्पियन बनेको हो।

रियलको जितमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए। ५३औँ मिनेटमा प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरेका थिए। क्लब विश्वकपमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड बनाएका रोनाल्डोको यो सातौं गोल हो।

उपाधिसँगै रियलले अर्को स्पेनिस क्लब बार्सिलोनाको रेकर्डसँग बराबरी गरेको छ। रियलले तेस्रो पटक उपाधि जितेर बार्सिलोनासँगको रेकर्ड बराबरी गरेको हो। बार्सिलोनाले २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो। रियलले यसअघि २०१६ र २०१४ मा उपाधि जितेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *