स्थानीय सरकारःकार्य संचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु

१ पुस, २०७४
नेपालगंजः बाँकेको बैजनाथ गाउँपालिकाको २ दिने स्थानीय सरकार कार्य संचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम नेपालगंजमा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले भने-‘बैजनाथ गाउँपालिकाले देशका प्रवुद्ध ब्यक्तिहरुलाई ल्याएर अति नै महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको छ ।’ उनले यस्ता कार्यक्रमहरुको प्रभावले स्थानीयस्तरमा कार्यसम्पादनमा सहजाता आउने बताए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले गाउँ सभामा महिला, दलित, जनजाति तथा पछाडी पारिएको समुदायका ब्यक्तिहरु निर्वाचित भई आएकोमा सबैको साझा बुझाई नभएको बताइन् । उलने सबैको बुझाई समान हुन तथा नवनिर्वाचित जनप्रतिनिधीहरुले निभाउने भुमिकाका बारेमा साझा बुझाई राख्न कार्यक्रमको आयोजना गरिएको बताइन् ।

स्थानीयहरुलाई गाउँपालिकामा सेवा लिन सजिलो होस् र सेवाप्रदायक तथा सेवाग्राहीबिच आइपरेका समस्याहरुलाई छिटोभन्दा छिटो सम्बोधन गर्न सकियोस् भनेर यो कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख मान बहादुर रुचालले बताए । उनले सेवा स्थानीयस्तरमा सिकाई आदानप्रदान गर्नका लागि यस्ता कार्यक्रमहरुले सहजता आउने इआवाजलाई बताए ।

अमेरिकी सहयोग नियोग तथा साझेदारी विकास परियोजनाको सहयोग तथा इन्रुडेक (ENRUDEC) बाँकेको सहकार्यमा आयोजित कार्यक्रममा संघीयता, स्थानीय सरकार र स्थानीय सरकार संचालनका लागी भएका ब्यवस्था तथा जननिर्वाचित प्रतिनिधिहरु, कर्मचारीहरुको काम कर्तब्य र अधिकारहरुको बारेमा साझा बुझाई कायम गर्नका लागी कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका साझेदार संस्था इन्रुडेक (ENRUDEC)का अध्यक्ष धर्मलाल रोकायाले बताए ।

रोकायले यस्ता कार्यक्रमहरुले स्थानीयहरुको चेतनाको विकास हुने र आफ्ना हक अधिकारका लागि आजाव उठाउन सजिलो हुने बताए । त्यस्तै सहयोगी निकाय USAID साझेदारी बिकास परियोजनाका महेश नेपालले समाज विकासका लागि आफुहरु हातेमालो गर्दै आएको र अझै यस्ता कार्यक्रमहरुका गर्नका लागि हातेमालो गर्न तयार रहेको बताए ।

कार्यक्रमको सहजिकरणको लागी प्रशासनिक अदालतका अध्यक्ष, उच्चस्तरीय प्रशासन सुधार तथा कर्मचारी समायोजन समितिका संंयोजक एवम् संविधानविद् काशीराज दाहाल, नेपाल टेलिभिजनका प्रमुख कार्यकारी उत्पादक तथा लैगिंक विश्लेषक आरती चटौतले गरेकी छिन् ।

कार्यक्रममा गाउँ सभाका सम्पुर्ण सदस्यहरु, वडा सचिवहरु, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु गरी ६० जना भन्दा बढिको सहभागीता रहेको छ ।

  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *