इपिएलका लागि चितवन टाइगर्सद्वारा ३ भारतियसहितको टिम घोषणा

१ पौष, २०७४
काठमाडौँ : एभरेष्ट प्रिमियर लिगको लागि चितवन टाइगर्सले तीनजना विदेशी खेलाडी सहित टिमको घोषणा गरेको छ ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा टिमले विदेशी खेलाडीमा प्रविण गुप्ता, सावेज खान र प्रमेश कुमारलार्इ अनुबन्ध गरेको औपचारीक घोषणा गरेको हो । तिनै जना खेलाडी भारतीय हुन् । टिम घोषणा तथा जर्सी सार्वजनिक कार्यक्रममा कप्तान पृथु बास्कोटा भने अनुपस्थित थिए ।

उत्तर प्रदेशका प्रविण गुप्ताले ५३ वटा रणजी ट्रफीका क्रिकेट खेलेका छन् भने दिल्लीका सावेज खान र हरियाणाका प्रमेश कुमार घरेलु क्रिकेट प्रतियोगिता खेल्ने गर्छन् । साथै सन् २००३ को अन्डर नाइन्टिन विश्वकप खेलेका प्रविण गुप्ता टोलीका महत्त्वपूर्ण सदस्य थिए ।सावेज खान मध्यक्रमका ब्याट्सम्यान हुन् जसले अफस्पिन बलिंग समेत गर्छन् ।

हरियाणाबाट घरेलु क्रिकेट खेल्ने प्रमेश कुमारले पनि आफ्नै स्टेटबाट विभिन्न प्रतियोगिता खेलका छन । यस्तै गतवर्ष भएको इन्डियन प्रिमियर लिग क्रिकेटमा उनी किंग्स ईलाभेन पन्जाबको क्लोज क्याम्पसम्म पुग्न सफल भएका थिए । साथै उनी उत्तरप्रदेशबाट २०१५ सम्म रन्जी ट्रफी क्रिकेट खेल्ने अवसर पाए ।

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् ।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्। एभरेस्ट प्रिमियर लिगको विजेताले २१ लाख रुपियाँ पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *