साधना सङगमको २६औँ घुम्ती श्रृङ्खला सम्पन्न

१ पौष, २०७४
नवलपुर : साधना सङ्गम नवलपुरको २६औँ घुम्ती श्रृङ्खला तथा रचनावाचन कार्यक्रम आज कावासोतिमा सम्पन्न भएको छ ।

साधना सङ्गम नवलपुरका अध्यक्ष अर्जुन अविरलको अध्यक्षता एवम् साहित्यकार दिपक सोतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवलपुर क्षेत्रका साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा साहित्यकारहरु दिपक सोती, लोकनाथ खरेल, काशिराम गैरे, दिपक भटटराई, करुण लम्साल, मुक्तिनाथ ढकाल, श्रिसा शाही, ममता च्वाई, गरिमा पोख्रेल, हिमाल चापागाँईलगाएतका सर्जकहरुले आफ्नो आफ्नो रचना वाचन गर्नु भएको थियो ।

साधना सङगम नवलपुरका सचिव सञ्जय भटटराईले सञ्चालन गर्नु भएको कार्यक्रमको आगामि श्रृङ्खला माघ महिनाको ६ गते शनिबार बिहान ११ बजे हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *