चट्टानमा विभिन्न चक्रहरु देखिन थालेपछि संरक्षण सुरु

१ पुष, २०७४
म्याग्दी : म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा दैविशक्तिमा प्रतिकहरु देखिन थालेपछि संरक्षणको पहल सुरु भएको छ ।

मन्दिर परिसमा ९ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानको संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताउनुभयो । भक्तजनहरुले पनि त्यहाँ गएर पूजाआजा गर्न थालेका छन् ।

मन्दिरका पुजारीका अनुसार चट्टानमा विभिन्न चक्रहरु देखिने गरेका छन् । त्यस्ता चक्र दिनदिनै बढ्दै जान थालेपछि अवलोकन गर्न आउने समेत अचम्मित हुने गरेका छन् ।

त्यसक्षेत्रमा करिव ३० भन्दा बढी यस्ता चक्र रहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *