एसीसी यु-१६ क्रिकेट : सेमिफाइनमा नेपालले आज मलेसियासँग खेल्दै

१ पुष, २०७४
काठमाडौं : एसीसी अण्डर सिक्सटिन इस्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको सेमिफाइनमा नेपालले आज मलेसियासँग खेल्दै छ ।

थाइल्याण्डमा जारी प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो । डिफेन्डीङ च्याम्पियन नेपालले आज मलेसियालाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्य लिएको छ । नेपाल रहेको समूहमा आयोजक थाइल्याण्डसहित हङकङ र म्यानमार रहेका थिए ।

यस्तै समूह ‘बी’ को उपविजेताको रुपमा मलेसियाले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । मलेसिया रहेको समूहमा भुटान, चीन र सिंगापुर थिए ।

प्रतियोगितामा अपराजित रहेको नेपालले समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनको किर्तिमानी जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *