तहल्का पिट्दै ‘वा रे वा’

नेपाली सुगम संगीतमा चर्चित नाम हो कन्हैया सिंह परियार । आलाप सिरिजको अपार सफलतापछि पछिल्लो समय उनी पहिलो पटक फास्ट ट्रयाक गीत सहित बजारमा आएका छन् । गायक तथा संगीतकार परियार भर्खरै विमोचन भएको नयाँ एल्बम आलाप–३ को शीर्ष गीत ‘वा रे वा’ मार्फत निकै चर्चामा रहेका छन् ।

गीतकार डि.आर.को शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीतमा रहेको ‘वा रे वा’ नामक गीतको म्यूजिक भिडियोमा विश्व रेकर्ड राख्न सफल पार्कर दिनेश, मोडल बिनु शाक्यको अभिनय तथा विकास घले गुरुङको निर्देशन रहेको छ ।

गायक तथा संगीतकार कन्हैया सिंह परियारले भर्खरै युट्युब मार्फत सार्वजनिक भएको ‘वा रे वा’ नामको सो गीत सबैलाई मन पर्ने कुरा इआवाज अनलाइनलाई बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *