बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द ईयरको उपाधि फेडेररलाई

२९ मंसिर, २०७४
लन्डन : स्विस टेनिस स्टार रोजर फेडेरर कीर्तिमानी चौथो पटक बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द ईयर बनेका छन् । बेलायती संस्था बीबीसीले हरेक वर्ष दिदैं आएको स्पोर्ट्स पर्सनालिटी अवार्डमा विदेशी खेलाडीतर्फको विधामा फेडेररले उपाधि जितेका हुन् ।

उनलाई सो अवार्ड आगामि आइतबार लिभरपुलको इको एरिनामा आयोजना हुने विशेष कार्यक्रमका दौरान प्रदान गरिने बिबिसीले जनाएको छ ।

अघिल्लो वर्ष कीर्तिमानी आठौं पटक विम्बल्डन टेनिसको उपाधि जितेका फेडेरर पव्लिक भोटको आधारमा वर्ष खेलकुद व्यक्तित्व चुनिएका हुन् । यसअघि बक्सिङ खेलाडी मोहोमद अली र एथ्लेटिक्सका युसेन बोल्ट समान ३/३ पटक बीबीसी स्पोर्ट्स पर्सनालिटी अवार्डबाट सम्मानित भएका थिए ।

३५ वर्षीय टेसिन स्टार फेडेररले अघिल्लो वर्ष २ ग्राण्डस्लामसहित ७ उपाधि जितेका थिए । वर्षभर खेलेका ५७ खेलमध्ये ५ वटामा मात्रै पराजित भएका फेडेरर ५२ खेलमा विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *