मतगणनाको आज अन्तिम दिन, समानुपातिकतर्फ एमालेको मत ३० लाख नाघ्यो

२९ मंसिर, २०७४
काठमाडौं : प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सबै मतगणना आज सकिँदैछ । निर्वाचन आयोगले आजसम्ममा समानुपातिकतर्फको मतगणना सकिने जनाएको हो । प्रत्यक्षतर्फको मतगणना भने यसअघि नैं सकिएको छ ।

हालसम्मको मत परिणाममा समानुपातिकतर्फ पनि नेकपा एमालेले नैं अग्रता कायम राखेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकमा पनि सबैभन्दा बढी मत ल्याएको हो । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार नेकपा एमालेले ३० लाख ४ हजार ७ सय २२ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २९ लाख ३१ हजार ६ सय ९२ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले १२ लाख ५ हजार २ सय ९१, संघीय समाजवादी फोरमले ४ लाख २५ हजार ५ सय ८८, राजपाले ३ लाख ९७ हजार ८३, विवेकशील साझा पार्टीले २ लाख ३ सय ५७, राप्रपाले १ लाख ८९ हजार ६ सय ४३, राप्रपा प्रजातान्त्रिकले ८३ हजार ५ सय ४८, नयाँ शक्ति पार्टीले ७६ हजार ५ सय ६ तथा नेपाल मजदुर किसान पार्टीले ५२ हजार ८ सय ६६ मत पाएका छन् ।

अरु दलले ३ लाख १७ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *