कहाँ–कहाँ कस्तो डिजाईनका बने आकर्षक रंगोली

काठमाडौँ २१ कार्तिक – नेपालीको दोस्रो महान चाड तिहारको मुख्य दिन आज लक्ष्मी पूजा हरेकका घरमा धुमधामको तयारी चलिरहेको छ । आज तिहारको तेस्रो दिन गाई तिहार अर्थात लक्ष्मी पुजा अझ भनुँ कात्तिक कृष्ण औँसी यमपञ्चकको तेस्रो दिन। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। तिहारमा लक्ष्मीलाई घर भित्र्याउनका लागि घर झिलिमिली बनाएर घर सजाउनुका साथै लक्ष्मी पुजाका दिन आँगनमा रंगोली बनाएर दिप बाल्दै लक्ष्मीलाई घर भित्र्याउने परम्परा रहिआएको छ। अहिले साँझ अधिकांशले रंगोली बनाएर आकर्षक बनाएका छन् ।  कसले कस्तो डिजाईनका रंगोली बनाए तस्विरमा हेर्न सक्नुहुन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *