प्रिमियर लिगमा म्यान्चेस्टर सिटी, युनाईटेड र हट्सपर विजयी

२८ मंसिर, २०७४
काठमाडौं : इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४-० ले हरायो । म्यान सिटीलाई फराकिलो अन्तरमा विजयी गराउन डेभिड सिल्भाले २ गोल गरे भने सर्जीयो अगुइरो र केभिन डे ब्रायनले एक एक गोल गरे ।

गएराति भएको अर्को खेलमा रोमेलु लुकाकुले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाईटेडले बर्नमाउथमाथि १-० को जित निकाल्यो । यसैगरी टोटनह्याम हट्सपरले ब्राईटनलाई २-० ले हराउँदा एभर्टनले न्युकासल युनाईटेडलाई १-० ले तथा लेष्टर सिटीले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्‍यो ।

गएराती आर्सनललाई वेष्ट ह्याम युनाईटेडले गोलरहित बराबरीमा रोक्दा लिभरपुल र वेष्ट ब्रोमले पनि गोलरहित बराबरीमै चित्त बुझाएका छन् । गएरातीका खेलहरु पछि प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ४९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

समान खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ३५ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *