उत्तर कोरियासँग विना शर्त वार्ता गर्न अमेरिका तयार

२७ मंसिर, २०७४
वासिङटन :  अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिए। वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा उनले सो जानकारी दिएको छ। अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिए।

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन । अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उनको आफ्नै हो या त्यसमा राष्ट्रपति टिलरसनको सहमति पनि छ भन्ने बारेमा पनि केही बताइएको छैन। विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग गरिने वार्ताका लागि मार्गचित्र निर्धारण गर्ने र विना शर्त जुनसुकै विषयमा छलफल गर्न सकिने उनले बताएका छन्।

एकजना अमेरिकी ह्वाइट हाउसका अधिकारीको भने उत्तर कोरियाको आणविक कार्यक्रम तथा समग्र उत्तर कोरियाली नीतिका बारेमा भने राष्ट्रपति ट्रम्पको हालको धारणामा कुनै परिवर्तन नआएको जानकारी आएको छ। अमेरिकाले उत्तर कोरियासँग वार्तागर्ने भनी आएको यो नै पहिलो अभिव्यक्ति हो । विगतमा यसरी अमेरिकाले वार्ताका सम्भावित शर्तहरुको बारेमा केही कुरा राखेको थिएन।

तर परमाणु अस्त्रको बारेमा उत्तर कोरियाको कार्यक्रम भने अमेरिकाले नस्वीकार्ने विदेशमन्त्री टिलरसनले प्रष्ट पार्नुभएको छ। यसअघि अमेरिकाले केही समयमात्र अघि वार्ताका लागि उत्तर कोरिया निशस्त्र हुनुपर्ने भन्दै आएको थियो।

(रासस/एएफपी/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *