दुई दिनमै समानुपातिको सबै मतपरिणाम सार्वजनिक गर्छौ–प्रमुख आयुक्त

२७ मंसिर, २०७४
काठमाण्डौः प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अब २ दिनमै समानुपातिकतर्फको सबै मतपरिणाम सार्वजनिक गर्ने बताएका छन् ।

काठमाण्डौमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै मतपरिणाम सार्वजनिक भैसकेको र अब दुई दिनभित्रै समानुपातिकतर्फको पनि सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने बताएका छन् ।

‘आयोगले भनेकै समयमा हामीले मतपरिणाम सार्वजनिक गरेका छौं, हामीले एक हप्ताभित्रै निर्वाचनको मतपरिणाम आउँछ भनेर भनेका थियौं, अब समानुपातिकको पनि मतपरिणाम सार्वजनिक हुने कुरामा सबैलाई विश्वस्त हुन आग्रह पनि गरे ।

उनले दलहरूले समानुपातिक तर्फको बन्द सूचीमा राखेका उम्मेदवारहरुका नामलाई क्रमश राख्नु पर्ने बताएका छन् । उनले भने,‘दलहरूले निर्वाचन आयोगमा बुझाएको बन्द सूची अनुसार पहिलो, दोस्रो र तेस्रो, चौथोको क्रममा रहेका नामहरूलाई प्राथमिकता दिनुपर्छ, । उनले समानुपातिक तर्फ बन्द सूचीका नामहरूलाई तलमाथि गर्न नपाईने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *