जबरजस्ती करणी गरेको तीन सातापछि पक्राउ परे ३ अभियुक्त

२७ मंसिर, २०७४
काठमाडौं :  लतिलपुरमा तीन साताअघि एक युवतीलाई सामूहिक जबरजस्ती करणी र हत्या प्रयास गर्ने तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवरलाई पक्राउ गरेको हो ।

कार्यालयबाट घर फर्कदै गर्दा गत मंसिर २ गते ललितपुरमा युवतीको सामूहिक करणीको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षिय युवतीको उनीहरुले नै हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

साँझ करिब पौन सात बजेको समयमा बाँडेगाउँको बस स्टेसनमा बसबाट झरेर हिड्दै घर फर्कदै गर्दा बाटोमा रहेका केही युवाहरुले उनलाई सडकबाट धकेलेर झाडीमा पुर्याए । उनले हारगुहार गरिन् । कराउन थालेपछि मुख थुनेर बलत्कार प्रयास गरे । त्यसपछि पनि प्रतिकार गर्दा टाउकोले ढुङगामा हानेको उनले बताएकी छिन् । पक्राउ परेका युवकहरुले नै आफुलाई सुरुमा जबरजस्ती करणी प्रयास गरेको र पछि हत्या गर्न खोजेको पीडित युवतीले बताएकी छिन् ।

सात दिनपछि खुल्यो होस
बेलुका घर नआएपछि परिवारले युवतीको खोजी सुरु गरे । फोन पनि नलागेपछि प्रहरीलाई समेत जानकारी गराएर खोजी सुरु गरेका थिए । खोज्ने क्रममा भोलीपल्ट बिहान सडकमुनी उनलाई बेहोस अवस्थामा भेटाएका थिए । कपडा च्यातिएको थियो, उनी अर्धनग्न अवस्थामा थिइन् । शरिरभरी चोट थिए । एक हप्तासम्म उनी बर्बाराउन मात्र सकिन् । एक हप्तापछि मात्र उनको पूर्ण रुपमा होस खुलेको थियो । अहिलेसम्म युवती अस्पतालमै छिन् ।

मदिराको नशामा त्यसरी युवतीको जबरजस्ती करणी प्रयास भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *