नेपाल सेमिफाइनमा प्रवेश

काठमाडौं– एसिसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशसँग भारत पराजित भएपछि नेपाल सेमिफाइनमा प्रवेश गरेको छ । आजै भएको खेलमा नेपालले मलेसियाविरुद्ध ८ विकेटले सानदार जित हात पारेको थियो ।

बंगलादेशसँग भएको खेलमा भारतले ३२ ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनाएको थियो भने ब्याटिङमा उत्रेको बंगलादेशले आफ्नो लक्ष्यलाई पुरा गर्दै दुई विकेटको क्षतिमा २८ ओभरमा यात्रा तह गरेको छ । बंगलादेशका लागि तहिर अड्डीले सर्वाधिक ४८ रन बनाए ।

नेपाल, बंगलादेश, भारत र मलेसिया रहेको समूह–ए मा बंगलादेश विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलपछि नेपाल ३ खेलमा २ जीत र एक हारसहित ४ अंक सहित दोस्रो स्थानमा रहेको छ भने ३ खेलमा ३ वटैमा जितसँगै बंगलादेश पहिलो स्थानमा रहेको छ ।

नेपाल र अफगानिस्तानको सेमिफाइनल खेल आउने शुक्रबार किनरारा ओभलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *