७ लाखको पहिरनमा ऐश्वर्या राय बच्चन

एजेन्सी,

पहिरनले सबैको ध्यान तान्छ । त्यसमा पनि संस्कृति, मौसम, पार्टी अनुसारका पहिरन फरक फरक नै हुन्छन् ।

विशेष गरि फिल्म जगतमा भएकाहरुले पहिरनलाई विशेष महत्व दिएका हुन्छन् । पहिरनलाई विशेष ध्यानमा राखेर कुनै पनि कार्यक्रममा जाने मध्येकी एक हुन् पूर्व विश्व सुन्दरी अर्थात भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन ।

उनी प्रत्येक पार्टी, समारोहहरुमा फरक फरक पहिरनलाई देखिने गरेकी छिन् । केहि समयअघि भारतका धनाढ्य व्यक्तिका सुचिमा रहेका मुकेश अम्बानीले घरमा दिएको एक डिनर पार्टीमा ऐश्वर्याको पहिरन विल्कुलै फरक थियो । सुनौलो रंगको ‘ट्युब ड्रेस’मा श्रीमान अभिषेकसँग उनीलाई देखेर सबैको ध्यान तानिएको थियो । उनी सबैको आँखाको केन्द्र बनिन् ।

त्यस डिनर पार्टीमा अभिनेत्री ऐश्वर्याले लगाएको ड्रेस ८५ प्रतिशत पोलिस्टर फ्याब्रिक र १५ प्रतिशत सिल्क फ्याब्रिकबाट बनेको हो । डिजाइनर आस्था शर्माले डिजाइन गरेकी थिइन् । यस गाउनको मूल्य झन्डै ७ लाख पर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *