विराट र अनुष्काको ‘रब ने बना दी जोडी’

२७ मंसिर, २०७४
काठमाण्डौः भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र भारतीय चलचित्रकी नायिका अनुष्का शर्मा सोमबार विवाह बन्धनमा बाँधिएका छन्

। इटालीमा भएको उक्त विवाहमा परिवारका सदस्य, आफन्त र नजिकका साथीहरु उपस्थित भएका थिए ।


अनुष्काले २००८ को १२ डिसेम्बरमा नायक शाहरुख खानसँगको ‘रब ने बना दी जोडी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

‘रब ने बना दी जोडी’ फिल्म रिलिज भएको अघिल्लो दिनको ११ डिसेम्बरको मितिमा विराट र अनुष्काको विवाह भएको हो । विवाह सकेर फर्किएपछि उनीहरुले २१ डिसेम्बर दिल्लीमा र २६ डिसेम्बर मुम्बईमा विवाहको रिसेप्सन पार्टी दिने बताइएको छ । उनीहरुलाई भारतीय ख्याती प्रख्यात व्यक्तित्वहरुले आफ्नो फेसबुक, ट्वीटर मार्फत बधाई तथा शुभकामना दिएका छन् ।

सोमबार राती विराट र अनुष्काले ट्वीट गर्दै विवाह भएको औपचारिक जानकारी गराएका थिए । उनीहरुले ट्वीटरमा लेखेको छन् कि–‘आज हामीले एक अर्कासँग वाचा गरेका छौं कि जीन्दगीभर प्रेमको बन्धनमा बाँधिने छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *