अन्तत: सुनसरी ३ मा विजयकुमार गच्छदार विजयी, २०४८ साल यताका सबै चुनावमा अपराजित

२७ मंसिर, २०७४
सुनसरी :  प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी भएका छन् ।

गच्छदारले एमालेकी भगवती चौधरीलाई ३ सय २१ मतले पछाडी पार्दै बाजी मारेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे । उनक निकटतम प्रतिद्धन्द्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।

गच्छदार २०४८ साल यता ६ वटै निर्वाचनमा विजयी हासिल गर्दै आएका छन् । नेपाली नेताहरुमा ६ वटै निर्वचन जित्ने उनी दोस्रा नेता हुन् ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि ०४८ साल यताका सबै निर्वाचनमा जित हासिल गर्दै आएका छन् ।

योसँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *