प्रिमियर लिग फुटबलमा आज राती ७ खेल हुने

२७ मंसिर, २०७४
काठमाडौं :  इङ्गलिस प्रिमियर लिग फुटबलमा आज राति ७ खेल हुदैछन् ।

आज शीर्ष स्थानको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीसँग खेल्दा म्यान्चेस्टर युनाईटेड र बर्नमाउथ, आर्सनल र वेष्ट ह्याम युनाईटेड, लिभपुल र वेष्ट ब्रोम, टोटनह्याम हट्सपर र ब्राइटन भिड्नेछन् । आजै राति न्युकासल युनाईटेड र एभर्टन तथा साउथह्याम्पटन र लेष्टर सिटी भिड्नेछन् ।

यसअघि प्रिमियर लिगअन्तर्गत नै गएराति भएका खेलहरुमा चेल्सी, बर्नली र क्रिष्टल प्यालेस विजयी भएका छन् । गएराति भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ३-१ ले हरायो । हडर्सफिल्ड टाउनको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन बाकायोको, पेड्रो र विलियनले एक–एक गोल गरे ।

घरेलु टोली हडर्सफिल्डका लरेन डेपोर्तेले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा बर्नलीले स्टोक सिटीलाई १-० ले हराउँदा क्रिष्टल प्यालेसले वाट्फोर्डलाई २-१ ले पाखा लगायो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *