कसले बाजी मार्ला !

२७ मंसिर, २०७४

सुनसरीः नेपाली कांग्रेसका विजयकुमार गच्छदारले सुनसरीमा अग्रता कायमै राखेका छन् ।
गच्छदारले अहिलेसम्म ३७ हजार ५७५ मत प्राप्त गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी भगवती चौधरी भन्दा ५२५ मतले अगाडि छन् ।

बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एमालेकी भगवती चौधरीले सुरुवाती अवस्थादेखि लिड गरे पनि पछि गच्छदारले पछाडि पारेका छन् । हालसम्म चौधरीले ३७ हजार ५० मत ल्याएकी छन् । मतगणना करिब करिब अन्तिममा पुगेको छ । अब ३ हजार ४४१ मत गन्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *