थ्रेस होल्डमा जोगिएका पार्टीहरु

२६ मंसिर, २०७४

काठमाण्डौः वि.सं.२०७० सालमा भएको संविधान सभा निर्वाचनबाट संसदमा साना दलहरुले पनि प्रतिनिधित्व गरेका थिए । समानुपातिक प्रणालीबाट धेरै पार्टीहरुले स्थान पाएका थिए । अहिले भने त्यो व्यवस्था परिवर्तन भएको छ । निर्वाचित हुने दलको संख्यामा पनि कमि भएको छ ।

अघिल्लो पटकको व्यवस्थापिका संसद मा २२ राजनीतिक दलले प्रतिनिधित्व गरेका थिए । ३ प्रतिशत थ्रेस होल्डका कारण यस पटकको निर्वाचनबाट ९ दल मात्रै राष्ट्रिय दल बन्ने भएका छन् । हालसम्म ९ दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

हालसम्मको १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६० निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ भने गणना भइरहेको ४ क्षेत्रमा एमाले र १ क्षेत्रमा राजपाले अग्रता लिएको छ ।

अघिल्लो पटक संसदमा प्रतिनिधित्व गर्ने दलहरु

नेपाली काँग्रेस, नेपाल कम्यूनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी, नेपाली जनता दल, बौद्धिक जनतान्त्रिक परिषद्, नेपाल, खम्वुवान राष्ट्रिय मोर्चा नेपाल, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल, मधेश समता पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपाल संसदमा दर्ता भएका थिए ।

यस पटकको निर्वाचनको मतपरिणामबाट संसदमा प्रतिनिधित्व गर्ने सम्भावित दलहरु

नेपाल कम्यूनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, राप्रपा, जनमोर्चा, नेमकिपा र नयाँ शक्ति पार्टीले प्रतिनिधी सभा निर्वाचन आफ्नो सिट सुरक्षित गरेका छन् । ३ स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । यिनले समानुपातिक तर्फ मतगणना हुँदा सोचे जस्तो मत नपाएका हुनाले राष्ट्रिय पार्टी बन्न नसक्ने अवस्थामा रहका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *