तनहूँ क्षेत्र नम्बर २ ‘क’ मा पुनः मतदान गर्न कांग्रेसको माग

२६ मंसिर, २०७४
काठमाडौं : नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा पुनः मतदान गर्न माग गरेको छ । यस क्षेत्रमा कांग्रेस युवा नेता प्रदीप पौडेल वामपन्थी उम्मेदवार नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मतले पराजित भएका थिए ।

नेपाली कांग्रेसले मंगलबार विज्ञप्ति निकालेर त्यस प्रदेशसभाभित्र पर्ने विभिन्न बुथका पाँचवटा मतपेटिकामा जम्मा खसेको मतको मुचुल्कामा भन्दा मणनाका क्रममा ७० मत बढी देखिएका कारण धाँधली भएको दावी गरेको छ ।

‘५ मतपेटिकामा २ हजार ३ सय २८ मत मुचुल्का गरिएकोमा मणना गर्दा २ हजार ३ सय ७० मत पाइएकाले मतगणनाका क्रममा फर्जि मत मिसाइएको तथ्य स्वतः प्रष्ट भएको छ ।’ बिज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी र निर्वाचन अधिकृतको संरक्षणमा विधि र प्रक्रिया मिचेर धाँधली गरी ४२ फर्जी मत राखिएकोमा यसलाई नेपाली कांग्रेस अस्वीकार गर्छ ।’

कांग्रेसले म्याग्दे ७ को अमरज्योति मावि ग्यारसिंह, जनजुक्त शाही मावि ‘क’, जनजौकुमारी शाही आवि ‘क’, व्यास ५ को उदय मावि ठूलोटार ‘ख’ र म्याग्दे ४ को मीन निवाविसहित ५ मतदान केन्द्रको पुनः मतदान गर्न माग गरेको छ ।

यस क्षेत्रबाट १६ हजार ६ सय ४६ मतसहित वाम गठबन्धनबाट नेकपा माओवादीकी आशा कोइरालाले जित हासिल गरेकी थिइन् । प्रदीप पौडेल ५ मतले पराजित भएका थिए । उनले १६ हजार ६ सय ४१ मत पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *