प्रदेशसभातर्फ कुन दलले कति सिट जिते ?

२६ मंसिर, २०७४
काठमाडौं : गत मंसिर १० र २१ गते सम्पन्न प्रदेशसभातर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटमध्ये ३ सय २७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । अब जम्मा ३ स्थानको मात्र परिणाम आउन बाँकी छ ।

जसमा एमालेले १ सय ६९ सिट जितेर पहिलो दल बनेको छ भने माओवादी केन्द्रले ७१ र कांग्रेसले ३९ सिट जितेका छन् । यसैगरी, संघीय समाजवादी फोरम नेपालले २४, राजपा नेपालले १६, स्वतन्त्र ३, नयाँ शक्ति पार्टी २, जनमोर्चा २ र नेमकिपाले एक स्थानमा जित हात पारेका छन् ।

प्रदेशसभाको मत परिणामले अब ७ मध्ये प्रदेश नम्बर–२ बाहेक बाँकी ६ ओटा प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार बन्ने निश्चित देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *