एसीसी यु–१६ क्रिकेटमा नेपालको लगातार दोस्रो जित, हङकङ ४ विकेटले पराजित

२६ मंसिर, २०७४
काठमाडौं एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । थाइल्यान्डमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु टोलीलाई हराएको नेपालले मंगलबार हङकङलाई ४ विकेटले पराजित गरेको हो ।

खेलमा टस जितर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित् ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका प्रतिस जिसीले ३ तथा अजयकुमार लोनियाले २ विकेट लिए ।

जवाफमा ८३ रनको सामान्य चुनौती नेपालले २४ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि तिर्थराज दासले सर्वाधिक २७ रनको योगदान गरे ।

यो जीतसंगै नेपाल समूहको शिर्ष स्थानमा उक्लिएको छ । आजको हारपछि हङकङ दोस्रो स्थानमा झरेको छ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बिहीबार म्यानमारसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *