गाई काटेको अभियोगमा दाङमा ७ जना पक्राउ

२६ मंसिर, २०७४
दाङ : तीन वटा गाई काटेको अभियोगमा दाङमा ७ जना पक्राउ परेका छन्। दाङको राजपुर गाउँपालिका वडा नं। ७ मा ३ वटा गाई काट्दै गरेको अवस्थामा स्थानीय ३९ वर्षीय विरसिंह थापासहित ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।

पक्राउ पर्नेमा तीन महिला र चार पुरूष रहेको भए पनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन। घटनास्थलवाट एक थान भरूवा बन्दुकसमेत बरामद भएको एसपी सिंहले बताइन्। ‘छाडा गाई समातेर काट्ने र सुकुटी बनाएर बेच्ने गरेको रहस्य खुल्न आएको छ,’ एसपी सिंहले भनिन्, ‘गाई काटेर सुकटी बनाउने र त्यस्लाई जरायोको सुकुटी भनि बिक्रि गर्दा रहेछन्।’

पक्राउ परेका व्यक्ति माथि थप अनुसन्धान जारी रहेको एसपी सिंहले जानकारी दिइन्। मंसिर २३ गते बेलुका सात बजेतिर अस्थायी प्रहरी पोष्ट डगरामबाट असई गोविन्दबहादुर थापाको कमाण्डमा गएको गस्ति टोलीले गाई काटिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *